भोकाहा नरसिंह गाउँपालिका–२ की ४० वर्षीया सैरुन खातुनले ५५ वर्षीय पति आलम अञ्सारीले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका- २ का वडाध्यक्ष समेत रहेका आलमले दुई महिनायता आफू र छोरालाई कुटपिट गर्दै आएको पीडित पक्षले ०८२ पुस १३ गते इनरुवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पतिले अर्की महिलालाई लिएर घरभन्दा बाहिर बस्दै आएको र आफूले सोही विषयमा कुराकानी गर्दा आरोपितले दुई महिनायता दिनहुँजसो कुटपिट गर्दै आएको पीडित सैरुनले पत्रकार सम्मेलनमा बताउनु भयो ।
कुटपिट, यातना र इस्लामी परिवार कानुन अनुसार तलाक दिने भनेर धम्की दिँदै आरोपित आलमले घरेलु हिंसा गरेको पीडितको आरोप छ ।
पीडित पक्षले न्यायका लागि पहल गरीदिन अधिकारकर्मी र पत्रकारलाई आग्रह गरेका छन् ।