जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, बिर्तामोडमा कार्यरत प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरी हवल्दारलाई कुटपिट गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, फक्तालुङ गाउँपालिका–१ खेजेदिनका २७ वर्षीय जिते शेर्पालाई ०८२ मङ्सिर २४ गते गिरफ्तार गरेको हो ।
आरोपितलाई बिर्तामोडको पश्चिम स्टेण्डबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।