INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा कुटपिट

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका तीन जना युवाहरुलाई जम्बुकाँध प्रहरी चौकीका इञ्चार्ज असई धनसिंह ठकुरीले ०८२ कात्तिक २७ गते साँझ शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का २३ वर्षीय प्रकाश थापा, वडा नम्बर ४ का ३१ वर्षीय सुशील शाही र नम्बर ८ का ३२ वर्षीय लोकेश बुढालाई असईले कुटपिट गरेको बताइएको छ ।

प्रहरी चौकी नजिकैको एक होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै प्रहरी चौकीको प्रांगण कान समाएर घोप्टो पार्न लगाई असई ठकुरीले लाठीले तीनै जनालाई ढाड र तीघ्रामा कुटपिट गरेपछि स्थानीय र प्रहरी कर्मचारीले रोकेको उनीहरुले बताएका छन् ।

होटलमा होहल्ला नगर्न भनी सम्झाउदा प्रहरी माथि नै दुर्व्यवहार गरेको कारण असईले कुटपिट गरेको जानकारी आएको घटनाको छानविन गरी आवश्यक कारबाही हुने जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर लक्ष्मण पचभइयाले बताउनु भयो ।

अमर सुनार  

अन्य

भिडियो