खुकुरी प्रहार गरी फरार रहेका चार जना आरोपितलाई प्रहरीले शिवालय गाउँपालिका–१ छेडाचौरबाट असोज २१ गते गिरफ्तार गरेको छ ।
कुशे गाउँपालिका–३ का २५ वर्षीय प्रकाश बस्नेत सोही ठाउँका २१ बर्षीय रामु बस्नेत, छेडागाड नगरपालिका–५ का २० बर्षीय हेमराज खत्री र सोही वडाका एक जना नाबालकलाई गिरफ्तार गरेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
छेडागाड नगरपालिका–५ स्थित चंङ्खेलीमा असोज १२ गते कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, कुशे गाउँपालिका–३ का ३९ बर्षीय नवराज शाही र २८ बर्षीय दिपेन्द्र सिंह माथी आरोपितहरुले खुकुरी प्रहार गरेर घाइते बनाएका थिए ।
अध्यक्ष बस्नतेलाइ मोटरसाइकलको हेल्मेट प्रहार गरी शरिरका विभिन्न भागमा चोट लागेको थियो । आरोपितहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अदालतबाट १५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको डिएसपी शर्माले बताउनु भयो । उहाँका अनुसार गिरफ्तार परेका व्यक्तिहरुको साथबाट भे १० प ५८५२ र भे ८ प ३८६४ नम्बरका दुई ओटा मोटरसाईकल समेत नियन्त्रणमा लिइएको छ ।
बासुदेव शर्मा