INSEC Online

📅 २०८३ जेष्ठ २१

डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जन गिरफ्तार

इलाका प्रहरी कार्यालय खिलतपुर दाङमा कार्यरत प्रहरी इन्स्पेक्टर ३४ वर्षीय मोहनविक्रम केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  दुइ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जेठ २२ गते राति गस्तीबाट फर्कदै गरेका केसीलाई मदिरा सेवन गरी हल्ला गर्दै हिडेका बबई गाउँपालिका–६ पञ्चकुलेका ४९ बर्षीय चित्र डाँगी र उनका छोरा २७ बर्षीय हेमराज डाँगीले लाठी र ढुंगा प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले जानकारी दिनुभयो ।

स्थानीय विद्यालयमा रहेको क्वारेन्टाइन नजिकै मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि सम्झाउन खोज्दा बाबुछोराले प्रहरी इन्स्पेक्टरमाथि कुटपिट गरेका थिए । लगत्तै स्थानीयले प्रहरीको उद्दार गरेका थिए । कुटपिटबाट टाउकोमा चोट लागेका इन्स्पेक्टर केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जेठ २३ गते उपचार भएको छ । उपचारपछि केसी काममा फर्किसक्नु भएको छ । पीडित इन्स्पेक्टरले कुटपिट भएको भन्दै लिखित जाहेरी इप्रका तुलसीपुरमा जेठ २३ गते दिनुभएको छ  भने कुटपिटमा संलग्न दुवैजनालाई इलाका प्रहरी कार्यालयले गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

अन्य

भिडियो