INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दिया कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बर्दियाको गुलरियामा रहेको कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा २५ महिला र १ सय २५ पुरुष गरी १ सय ५० जनाको क्षमता रहेकोमा हाल ४ सय ६ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा पुरुष २ सय ७१ जना कैदी र ९७ जना बन्दी गरी ३ सय ६८ कैदीबन्दी रहेका छन् ।  त्यसैगरी महिला ३८ जना कैदी र ३१ जना बन्दी गरी ६९ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेको जेलर दिपेन्द्रबहादुर शाहीले बताउनु भयो ।

कारागारभित्र क्षमता भन्दा धेरै कैदीबन्दी र थुनुवा भएको हुँदा शौचालयको अभाव, सरसफाइमा समस्या भएको जेलर शाहीले जानकारी दिनुभयो । त्यस्सैगरी उहाँले सीमित स्रोतसाधनका कारण पनि  दैनिक व्यवस्थापनमा कठिनाइ भइरहेको बताउनु भयो ।

प्रकाश पौडेल

अन्य

भिडियो