INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारबाट भागेका एक जना कैदी गिरफ्तार 

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा डिल्लीबजार कारागार कार्यालय, काठमाडौँबाट भागेका एक जना कैदीलाई प्रहरीले दमकबाट गिरफ्तार गरेको छ।

लागू औषध मुद्दामा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेकाे अवस्थामा ०८२ भदौ २४ गते भागेका दमक नगरपालिका-८ का ३४ वर्षीय सञ्जोग भट्टराईलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको हो ।

दमक नगरपालिका-८ पशुहाटबाट भागेका कैदीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।

आवश्यक कानुनी प्रक्रियापछि गिरफ्तारीमा परेका भट्टराईलाई सजाय भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको छ।

नरेश खाती 

अन्य

भिडियो