INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुली कारागारबाट भागेका थुनुवा गिरफ्तार

सिन्धुली कारागारबाट फरार रहेका दुधौली नगरपालिका–४ सिन्धुलीका ३७ वर्षीय लालबाबु अधिकारीलाई ०८२ पुस ३० गते इलाका प्रहरी कार्यालय डकाहाले गिरफ्तार गरेको छ ।

अधिकारीलाई ३० गते दिउँसो घर नजिकैबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । अधिकारी ०८२ भदौ २५ गते जिल्ला कारागार तोडेर भागेका थिए ।

लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई गिरफ्तार गरी पुन सोही कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।

नवराज पथिक

अन्य

भिडियो