INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार एक जना कैदी गिरफ्तार

कारागार कार्यालय, नख्खुमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई प्रहरीले मोरङबाट मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।

कारागार कार्यालय, नख्खुमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेको अवस्थामा फरार भएका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई विराटनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले बताउनु भयो ।

जेनजी आन्दोलनको मौका छोपेर ०८२ भदौ २४ गते कारागारबाट भागेर विराटनगर महानगरपालिका–७ मा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा गुप्तालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रियापछि गुप्तालाई नख्खु कारागार पठाइने एसपी कटुवालको भनाइ छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो