आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८२ कात्तिक ३० गते स्याङ्जाबाट गिरफ्तार गरेको छ ।
पोखरा महानगरपालिका–१८ का ३१ वर्षीय सुनिल थापालाई गिरफ्तार गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
कास्की कारागारमा चेक अनादार मुद्दामा कैद भुक्तानी गर्दै आएका थापालाई प्रहरीले फेदिखोला गाउँपालिका–१ बाट गिरफ्तार गरेको हो ।
थापालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरेर कारागार पठाइने प्रहरीले जनाएको छ ।