जेनजी आन्दोलनको क्रममा भदौ २४ गते गौर कारागारबाट भागेका २ सय ९१ जना कैदी बन्दी मध्ये १ सय ३१ जना अझै फरार रहेका छन् ।
कारागारबाट भागेका कैदीबन्दीहरुलाई असोजको २० गतेसम्म फर्किन सूचना जारी गरेता पनि कात्तिक १९ गतेसम्म ६ जना महिला सहित १ सय ३३ जना कैदी बन्दी मात्रै फर्किएको कारागार प्रमुख मनिष झाले बताउनु भयो।
दुई जना महिला र १ सय २९ पुरुष कैदीबन्दीहरु अझै सम्पर्कमा नआएको र एक जना कैदी बन्दीले डोटी कारागारमा आत्मसमर्पण गरेको प्रमुख झाले बताउनुभयो ।
गौर कारागारमा २ सय ८३ मध्ये आठ जना महिला कैदीबन्दी रहेका थिए । प्रहरीले भागेका कैदीबन्दीहरुलाई गिरफ्तार गरी कारागारमा बुझाउने कार्य जारी रहेको कारागार प्रमुख मनिष झाले बताउनुभयो।