जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट भागेका एक जना कैदी सङ्खुवासभामा गिरफ्तार भएका छन् । प्रहरीले खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार नख्खुमा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई खाँदबारी नगरपािलका–८ बाट गिरफ्तार गरिएको हो ।
जबरजस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई ०८२ कात्तिक २ गते दिउँसो घरबाट गिरफ्तार गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । अदालतले उनलाई १२ बर्षको कैद सजाय सुनाएको थियो । सङ्खुवासभा जिल्लामा जेनजी प्रदर्शनका क्रममा भागेको हालसम्म ६ जना कैदीलाई गिरफ्तार गरिसकेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा कैद भुत्तान गरिरहेका उनलाई कात्तिक २ गते कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला कारागार खाँदबारीमा १ सय ३१ जना पुररुष, ८ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।
भविन कार्की