आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका–३ घर भएका ३५ वर्षीय रविन आचार्यलाई ०८२ असोज २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
जबरजस्ती करणी मुद्धामा नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका रविनलाई प्रहरीले काठमाडाैँबाट चौतारातर्फ गाडीमा जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाबाट खटिएको टोलीले बनेपा नगरपालिका–६ बुडोलबाट गिरफ्तार गरेको हो ।
गिरफ्तारपछि रविनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइएको इलाका प्रहरी कार्यालय, बनेपाका डिएस्पी रामेश्वर त्वातीले बताउनु भयो ।
सुमित्रा आचार्य