काठमाडाैँ जगनाथदेवलस्थित केन्द्रीय कारागारबाट २०८२ भदौ २४ गते भागेका कैदी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ । कुर्मीलाई पर्साको कालिकामाई गाउँपालिका– ५ सिमरा टोलस्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा असोज ७ गते गिरफ्तार गरेको पर्साका डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।
आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल काठमाडाैँबाट भागेका कुर्मीले पत्नी ३५ वर्षीया संगीता देवी कुर्मीको घाँटी थिची हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले कसुरदार ठहर गरेको थियो । मुक्तिनारायणलाई अदालतले २५ वर्ष कैद फैसला सुनाएपछि कारागारमा सजाय भुक्तान गर्दै गरेको समयमा कारागारबाट भागेका थिए ।
तुलसी भण्डारी