INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ की ४६ वर्षीया खगिसरा कार्की सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल महिला भत्ता पाउनबाट वञ्चित हुनु भएको छ ।

उहाँका पति कलम कार्कीको मृत्यु भएको तीन वर्ष पुग्दा पनि उहाँको नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु भएको हो ।

सानै उमेरमा नागरिकता हराएपछि बुबाआमा पनि नभएका कारण नागरिकता बनाउन नसकेको कार्कीले गुनासो गर्नुभयो । माइती पक्षको कुनै ठाँउ, ठेगाना, पहिचान नखुलेका कारण नागरिकताको सिफारिस दिन नसकिएको शुभकालिका गाउँपालिका–५ का वडाध्यक्ष मिमबहादुर शाहीले बताउनु भयो ।

कार्कीको ०६१ सालमा कलम कार्कीसँग विवाह भएको थियो । पतिको ०७९ भदौ महिनामा क्यान्सर लागेर मृत्यु भएपछि तीन जना छोरी र दुई जना छोरा पाल्न कठिन भइरहेको गुनासो उहाँले गर्नुभयो । कार्कीले नागरिकता बनाउन पहल गरिदिनका लागि मानव अधिकारकर्मीलाई  अनुरोध गर्नुभएको छ ।

आफन्त पत्ता नलागेर नागरिकताबाट वञ्चित भएको विषयमा स्थानीय तह, गृह मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर पहल गरेपनि समस्या समाधान हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताउनु भयो ।

अन्य

भिडियो