INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –२ का ४८ वर्षीय चन्द्रीका यादव विरूद्ध माघ २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले माघ १८ गते बलात्कार प्रयास गरेको भन्दै उजुरी आएको इन्स्पेक्टर युवराजजंग कार्कीले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते भीम अस्पताल भैरहवामा गरिएको छ  ।

अन्य

भिडियो