४६ वर्षिया महिलालाई ०७६ माघ १७ गते खाँडादेवी गाउँपालिका–३ को कुदुरसा जंगलमा सोही गाउँपालिका–६ का २४ वर्षिय प्रकाश बुढाथोकीले बलात्कार गरेको भनि ०७६ माघ १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ ।
फुपूको छोराको बिबाहमा जाँदै गर्दा जंगलामा एकान्तमा पारि आफूलाई बलात्कार गरेको आरोप पीडित महिलाको छ । बलात्कारपछि मोटरसाईकलले किचेर आफूलाई हत्या गर्ने प्रयाश गर्दा ट्रक आईपुगेको कारण सोही ट्रकमा झुण्डिएर बच्न सफल भएको पीडितको बनाई छ ।
पीडित महिलाको मौखिक उजुरीको अधरामा आरोपीलाई प्रहरी चौकी सित्खाको प्रहरीले ०७६ माघ १७ गते गिरफ्तार गरी सोही दिन जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर टेकेन्द्र पौडेलले बताउनुभयो ।
पीडित महिलाको ०७६ माघ १७ गते नै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परिक्षण भयो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,