२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–१६ बस्ने ३५ वर्षीय विनोद परियारलाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ ।
परियारले ०७६ पुस २५ गते बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितले उजुरी दिनुभएको थियो । आरोपीत परियारलाई पुस २७ गते नै प्रहरीले गिरफ्तार गरी पुस २८ गते चितवन अदालतबाट ५ दिनको लागि म्याद थप आदेश लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता डीएसपी एकनारायण कोइरालाले बताउनुभयो । पीडितको पुस २७ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।