१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजनालाई जेल चलान गरिएको छ ।
प्यूठान जिल्ला स्वर्गद्धारि गाउँपालिका–९ घरभइ हाल चिवतन भरतपुर महानगर–११ बस्ने बालिकालाई २०७५ साउन ३० गते पाँचजना युवाहरूले सामूहिक बलात्कार गरेको घटनामा उनीहरूलाई जेल चलान गरिएको हो । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले पुस २५ गते सबै आरोपितलाई कैद सजाय र क्षतिपुर्ति भर्ने फैसला सुनाएको हो ।
कैद तथा क्षतीपुर्ति फैसाल भएका आरोपितहरूमा नवलपरासी गैंडाकोट–४ बस्ने वर्ष २१ को युवराज मगरलाई १० वर्ष कैद ५० हजार क्षतीपुर्ति, गैंडकोट–२ बस्ने वर्ष १९ को सेन्थल सहनीलाई १० वर्ष कैद र ५० हजार क्षतीपुर्ति, भरतपुर–११ बस्ने बर्ष २० को आकाश थापालाई १० वर्ष कैद र ५० हजार क्षतीपुर्ति, भरतपुर–२९ बस्ने वर्ष १७ को मनिष लामालाई २ बर्ष कैद र १० हजार क्षतीपुर्ति भरतपुर–२९ का वर्ष २९ का अर्जुन विकलाई ३ वर्ष कैद र १० हजार रूपैयाँ क्षतीपुर्ति फैसला भएको छ ।
भरतपुर ११ मा रहेको पानी उद्योगमा काम गर्ने मजदुरहरूले रातकाे समयमा सामुहिक करणी गरेको भन्दै पीडितले २०७५ भदौ १ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आरोपितहरूलाई सोही दिने पक्राउ गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण २०७५ भदौ ४ गते चितवनको भरतपुर अस्पतालमा भएको थियाे ।