१५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २०७६ पुस २३ गते रामेछाप नगरपालिका–१ गोठगाउँका १८ वर्षिय बिक्रम भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ ।
पुस २२ गते साँझ गोठमा बस्तुलाई घाँसपानी गर्न गएको बेला गोठमा नै आरोपितले यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताइन् । आरोपितलाई २०७६ पुस २३ गते स्थानीयले प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता रविभुषण यादवले बताउनुभयो ।
पीडितको मन्थली स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुस २३ गते नै स्वास्थ्य परिक्षण भएकोे प्रवक्ता यादवले बताउनुभयो ।
आरोपि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । आरोपि उपर पुस २३ गते नै बलात्कारको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री