१९ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा चितवन जिल्ला भरतपुर महानगरपालिका–२१ बस्ने २२ वर्षिय पिडकलाई सातवर्ष कैद सजाय फैसला भएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमको इजलासले ०७६ पुस २३ गते सातवर्ष कैद सजाय र पीडितलाई पीडकबाटै दुइलाख रुपैयाँ क्षति भराउने फैसला भएको छ । पतिले २०७५ पुस २३ गते आफूलाई बलत्कार गरेको भन्दै पीडित पत्नीले जिल्ला प्रहरी कार्यालय चितवनमा ०७५ माघ १७ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले आरोपीतलाई सोहि दिन घरबाट गिरफ्तार गरेपछि जिल्ला अदालतकाे आदेशमा २०७५ फागनु २१ गते पुर्पक्षकालागि भरतपुर कारागारमा राखेको थियो । पीडितको २०७५ माघ २० गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।