INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिनापछि कलेजको ताल्चा खुल्यो

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित चितवन मेडिकल कलेज (सीएमसी)मा लगाइएको ताल्चा ५ महिनापछि पुस २२ गते खुलेको छ ।

भरतपुर ५, कैलाशनगरमा रहेको सीएमसीमा लगाएको ताल्चा नियमित पठनपाठनका लागि कलेज प्रशासनसँग बुँदागत सर्तसहित संघर्षरत विद्यार्थी र अभिभावकले नै खुलाएका हुन् । पाँच महिनासम्म विद्यार्थीको पठनपाठन अवरूद्ध भएको भन्दै वार्षिक परीक्षाका लागि तयारी गर्नुपर्ने हुँदा ताल्चा खोलेर आन्दोलनको स्वरुप परिवर्तन गरेको संघर्षरत विद्यार्थीले जनाएका छन् ।Chitwan-Medical-College

अब कलेजको पठनपाठन सुचारू हुने आन्दोलनरत विद्यार्थी मान्यता थापाले बताइन् । विद्यार्थीको सुरक्षाको ग्यारेन्टीसहित नियमित पठनपाठन गराउनुपर्ने, आन्दोलनका कारण सबै संकायका विद्यार्थीको वार्षिक परीक्षा छुटेकाले नयाँ परीक्षा तालिका सार्वजनिक गरेर सबैलाई वार्षिक परीक्षामा सामेल गराउन सहयोग गर्नुपर्ने, परीक्षा शुल्कमा त्रिभुवन विश्वविद्यालयले कायम गरेको परीक्षा शुल्कभन्दा बढी लिन नपाइनेलगायतका सर्त राखिएको छ ।

अन्य

भिडियो