माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश पाँचमा तीन सदस्यकालागि चार दलका नौ जनाले पुस २० गते मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट जगप्रसाद शर्मा, , गोपाल भट्टराई र बिमला घिमिरे, नेपाली काँग्रेसको तर्फबाट गिरिजादेवी न्यौपाने, बालकृष्ण पाण्डे र मेराज अहमद हलवाई र समाजवादी पार्टीको तर्फबाट सुनिल सिंघल, कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनु भयो ।
निर्वाचन अधिकृत थापाका अनुसार चार दल मध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले महिला, अपाङ्गता, अल्पसंख्यक र अन्यगरी तिनवटै कोटाका लागि उम्मेदवारी दिएका छन भने समाजवादी पार्टीले अल्पसंख्यक र अन्यकोटाका लागि दुई जनाको मात्रै उम्मेदवारी दिएको छ । राष्ट्रिय जनमोर्चाले अन्य कोटाका लागि एक जनाको मात्रै उम्मेदवारी दिएको छ ।
तीन वटा कोटाका लागि हुने निर्वाचनमा प्रदेश पाँचमा १ सय ९ स्थानीय तहका प्रमुख, उपप्रमुख गरि २ सय १८ र प्रदेश सभाका ८७ सदस्यगरी ३ सय ५ जनाले मतदान गर्ने छन ।