जिल्ला अदालत मकवानपुरले पत्निलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–१६ का २४ वर्षीय राजकुमार रुम्बालाई ०७६ पुस १७ गते तीन वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको ०७६ पुस १७ गते बसेको इजलासले आरोपित राजकुमार रुम्बालाई ३ बर्षको कैद फैसला गरेको हो ।
आरोपित रुम्बाले पत्नी रजनीलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गरेको ठहर गर्दै उनलाई आत्महत्या दुरुत्साहनमा सजाय तोकिएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार केशवराज कौशिकले बताउनुभयो ।
रजनीले ०७६ जेठ १५ गते झुन्डेर आत्महत्या गरेकी थिइन् । रजनीको मृत्युपछि माइतीपक्षले राजकुमार रुम्बा बिरुद्ध ०७६ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । अभियुक्त भीमफेदी कारागारमा छन् । अदालतमा दर्ता भएका चार वटा आत्महत्या दुरुत्साहन मुद्दामा फैसला भएको यो पहिलो मुद्दा हो ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री