मकवानपुर जिल्लाको १४ बर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७६ पुस १७ गते हेटौंडा उपमहानगरपालिका–५ का २८ वर्षीय बालकृष्ण तिमल्सिनालाई १३ वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले बालिकालाई बलात्कार गरेको ठहर गर्दै २८ वर्षीय तिमल्सिनालाई १३ वर्ष कैद सजाय तोकेको हो । अदालतले पीडितलाई राज्यकोषबाट ३५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश गरेको अदालतका स्रेष्तेदार केशवराज कौशिकले बताउनुभयो ।
अभियुक्त तिमल्सिनाले ०७६ जेठ २८ गते १४ वर्षकी बालिकालाई बलात्कार गरेका थिए । पीडित पक्षले ०७६ जेठ २९ गते अभियुक्त बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले ०७६ जेठ २९ गते घरबाटै तिमल्सिनालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको थियो ।