जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २ सय ७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७ करोड ३१ लाख २२ हजार रुपियाँ बराबरको क्षति भएको छ । क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० रुपियाँ मूल्य बराबरका सवारी साधन जलाएका छन् ।
रासस