२०७६ जेठ १० गते
शोक वक्तव्य
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९९ वर्षको उमेरमा जेठ १० गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । दुःखको यस घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।
राष्ट्रिय मानव अधिकार आयोगको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले आयोगको क्षमता अभिवृद्धि तथा पहिचानलाई व्यापक बनाउन ठूलो भूमिका खेल्नु भएको थियो । मानव अधिकार र सामाजिक न्यायको अभियानमा स्व. खत्रीले पुर्याउनु भएको योगदानको स्मरण भइरहनेछ ।

डा.इन्दिरा श्रेष्ठ
अध्यक्ष