INSEC Online

📅 २०८३ जेष्ठ २१

२०७२ जेठ ५ गते

मितिः २०७२ जेठ ५ गते

प्रेस वक्तव्य

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इन्सेकद्वारा सहयोग

इन्सेकले प्रधानमन्त्री सुशील कोइरालामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५ हजार ५ सय ६२ रुपिया“ हस्तान्तरण गरेको छ । इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

इन्सेकले प्रदान गरेको चेक बुझ्दै प्रधानमन्त्री कोइरालाले इन्सेकको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले राज्यलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै विपत्का  बेलामा कसैले नाजायज फाइदा उठाउन खोजे कारबाहीको दायरामा ल्याइने बताए । यसका लागि इन्सेकजस्तो संस्थाको सहयोग आवश्यक पर्ने उनले बताए।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले इन्सेकले गरेको सानो सहयोगले राज्यलाई प्रोत्साहन मिल्ने बताए । इन्सेक कार्यसमिति सदस्य कुन्दन अर्यालले इन्सेकले भूकम्पसँग सम्बन्धित सूचनाहरू दैनिक अद्यावधिक गरी इन्सेक अनलाइनमार्फ प्रसारण गर्ने गरेको जानकारी गराए ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विपत्का बेलामा इन्सेक राज्यसँग हातेमालो गर्न तयार रहेको बताउँदै इन्सेकले भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका सर्न्दर्भमा गरेका क्रियाकलापहरूका बारेमा प्रधानमन्त्री कोइरालालाई जानकारी गराएका थिए । इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारीहरू, ७५ वटै जिल्लाका प्रतिनिधिहरू तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलबबाट उक्त राहत रकम जम्मा गरिएको हो ।

Bijaya_Nepali_sign

विजयराज गौतम

कार्यकारी निर्देशक

अन्य

भिडियो