INSEC Online

📅 २०८३ जेष्ठ २१

०७२ भदौ १६ गते

०७२ भदौ १६ गते

प्रेस विज्ञप्ति

वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह

विगत १९ दिनदेखि तराई-मधेशमा जारी आन्दोलनका क्रममा भएका घटनाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस अवधिमा वीरगञ्जको रामराजा पुलनजिक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर वीरगञ्ज उपमहानगरपालिका मनियारीका धर्मराज सिंह र सोहन साह कलवारको घटनास्थलमा र वीरगञ्ज उपमहानगरपालिका-१८ को लक्षुमनवामा बारा जिल्लाको प्रसौनी गाविस-८ ठूलो नौतनका दिनानाथ साह र सोही ठाउँका भोला साह तेलीको भदौ १५ गते र भदौ १४ गते दिलीप चौरसियाको मृत्यु भएको घटनाले हामीलाई मर्माहत बनाएको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।

आफ्ना मागहरू शान्तिपूर्ण तवरले राख्न पाउने आन्दोलनकारीको अधिकारको सम्मान गर्दै शान्ति सुरक्षा कायम गर्दा धनजनको क्षति हुन नदिन हामी सरकारको ध्यानाकर्षा गराउँदछौँ ।

राजनीतिक समस्याको हिंसात्मक तवरबाट होइन, शान्तिपूर्ण राजनीतिक संवादबाट समाधानको खोजी गरिनुपर्छ । भौतिक संरचना नष्ट गर्ने र भौतिकरूपमा आक्रमण गर्ने मार्ग बृहत् मानवीय हित अनुकूल नरहेको सरोकारवालाहरूलाई हृदयङ्गम गर्नु हुन आग्रह गर्दछौँ ।

सीमाङ्कनका विषयमा विभिन्न समूहहरूले गरेको आन्दोलनका क्रममा १२ जना आन्दोलनकारी र आठ जना सुरक्षाकर्मी र एक जना डेढ वर्षीय बालकको मृत्यु भएको तथ्यलाई ध्यानमा राख्दै यथाशीघ्र वार्ताद्वारा समस्याको हल गर्न राज्य र आन्दोलनकारी पक्षलाई अनुरोध गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो