मिति-०७२ भदौ १० गते
टीकापुर घटनाको अनुगमनका लागि मानवअधिकारकर्मीको टोली घटनास्थलतर्फ
गत भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनाको तथ्य सङ्कलन गर्न इन्सेकको नेतृत्वमा एक टोली भदौ १० गते घटनास्थलतर्फ प्रस्थान गरेको छ । तथ्य सङ्कलन टोलीमा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम, सुदूरपश्चिमाञ्चल क्षेत्रीय संयोजक खडकराज जोशी, इन्सेक केन्द्रीय कार्यालयका बिमलचन्द्र शर्मा, इन्सेक कैलाली प्रतिनिधि सुमित्रा भट्टराई, सिविनका माधव लोहनी, स्कोप नेपालका अभयराज जोशी, थारु नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी, काहुराष्टका सूर्य भण्डारी,मानवअधिकार परिषद्का अध्यक्ष दीपेन्द्र सिंह, मानअधिकार परिषद्का तेज तारमी मगर र टीकापुरका स्थानीय मानवअधिकारकर्मी फिरुलाल चौधरी संलग्न छन् ।
तथ्य सङ्कलन टोलीले घटनास्थलको अनुगमन, पीडित परिवारसँग भेटघाट, स्थानीय तथा प्रत्यक्षदर्शी तथा स्थानीय सुरक्षा निकाय, घाइतेहरू र टीकापुरका नागरिक समाज, आन्दोलनरत पक्षसँग कुराकानी गरी तयार गरेको प्रतिवेदन काठमाडौँबाट सार्वजनिक गरिने छ ।
विजयराज गौतम
कार्यकारी निर्देशक