०७२ कात्तिक ११ गते
हार्दिक श्रद्धाञ्जली
संवैधानिक कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता गणेशराज शर्माको ७९ वर्षको उमेरमा कात्तिक १० गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
कानुनी शासन र लोकतन्त्रप्रतिको उहाँको निष्ठा युगौँसम्म स्मरणीय रहनेछ । संवैधानिक कानुनका ज्ञाता शर्माको निधनले नेपालको कानुनी क्षेत्रलाई अपुरणीय क्षति भएको छ । उहाँले अँगाल्नु भएको निष्ठा र सिद्धान्तलाई अनुसरण गर्न सके शर्माप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष