INSEC Online

📅 २०८३ जेष्ठ २१

०६३ भदौ २७ गते

०६३ भदौ २७ गते

प्रेस विज्ञप्ति

नेकपा माओवादीद्वारा १५ महिना अघि अपहरण गरिएकी महाभारा गाविस-७ झापाकी २५ वर्षीय अम्बिकादेवी राजवंशीलाई हिजो भदौ २६ गते मुक्त गरिएको घटनाको हामी हार्दिक स्वागत गर्दछौं । माओवादीहरुद्वारा अपहरण गरी हालसम्म कब्जामा रहेका सम्पूर्णलाई अविलम्व मुक्त गर्न हामी नेकपा माओवादीसँग जोडदार माग गर्दछौं ।

लोकतन्त्र स्थापना भएपछि माओवादी र सरकारबीच भएको युद्धविराम आचार संहिता विपरित माओवादीहरुले अपहरण कार्यलाई तीब्र बनाएका छन् । चार महिनाको अवधिमा ५ सय ९९ भन्दा बढी मानिसहरुलाई माओवादीद्वारा अपहरण गरिएको विवरण इन्सेकमा प्राप्त भएको छ ।

यस्ता घटनाको प्रवृतिलाई हेर्दा माओवादीले ग्रामीण तहमा रहेका जनताको मौलिक अधिकारको रक्षा गर्ने पटक पटकको प्रतिबद्धतालाई पूर्णत लत्याएको आभास हुन थालेको छ । अतः माओवादीद्वारा भएका मानवअधिकार उल्लंघनका घटनाहरुलाई पूर्णत रोकी घोषित प्रतिबद्धतालाई पूर्णरुपमा पालना गर्न हामी जोडदार माग गर्दछौं ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल
अध्यक्ष

अन्य

भिडियो