INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ भदौ २३ गते

०६२ भदौ २३ गते

प्रेस विज्ञप्ति

आज सात राजनैतिक दलले आयोजना गरेको शान्तिपूर्ण विरोध र्‍यालीको स्वतन्त्र अनुगमनका लागि गएका मानव अधिकारकर्मीमाथि न्यूरोडमा प्रहरीले गरेको दुर्व्यवहारको हामी घोर निन्दा तथा भर्त्सना गर्दछौं ।

स्पष्ट चिनिने पोशाक लगाएर घटनाको अनुगमन गरिरहेका मानवअधिकार रक्षक, इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि प्रकाश खतिवडालाई प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको नेतृत्वमा रहेका एकजना प्रहरी अर्सइले घाँटीमा समाती ङ्याकेर बुटले प्रहार गरेका थिए ।मानवअधिकार रक्षकमाथि भएको यस्तो दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुन्छ । दोषी सुरक्षाकर्मीमाथि कार्बाही गरी भविष्यमा यस्ता घटना नहुने सुनिश्चित गर्न हामी सम्बन्धित पक्षसँग माग गर्दछौं ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो