INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ चैत २१ गते

०६२ चैत २१ गते

प्रेस विज्ञप्ति

लोकतन्त्र, शान्ति र अग्रगमनका निमित्त सात दल र नेकपा (माओवादी) बीच कायम भएको दोस्रो समझदारीअनुरुप माओवादीका अध्यक्षले आज एक वक्तव्य प्रकाशन गरी काठमाण्डौ उपत्यकाभित्र सबै प्रकारका फौजी कारवाही स्थगित गरेकोमा हामीले सकारात्मक रुपमा लिएका छौं ।

सात राजनीतिक दल र नागरिक समाजको शान्तिपूर्ण आन्दोलनलाई माओवादीको उपरोक्त निर्णयले सहज बनाउन मद्दत पुग्ने कुरामा हामी आशावादी छौं ।

तसर्थ, हामी माओवादीपक्षलाई उपत्यकामात्रै होइन अधिराज्य भर युद्ध विराम गर्न आग्रह गर्दछौं । यसले गर्दा जनता आफ्नो अधिकारको लागि क्रियाशील हुन सहज वातावरणको प्रत्याभूति हुनेछ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो