INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सखुवान्नकारकट्टी गाउँपालिका-४ का ३५ वर्षीय मोद्री मण्डलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख ३ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १ गते बलात्कार प्रयास गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा वैशाख ३ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।

अन्य

भिडियो