सुस्त मनस्थितिकी ३३ वर्षीया महिलालाई चैत २९ गते बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोही दिन साँझ गिरफ्तार गरेको छ ।
पीडित पक्षले चैत २९ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा सोही दिन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।