४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका-६ पोखरीका ५७ वर्षीय मानबहादुर कठायतलाई चैत २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको थियो ।
घटनापछि फरार रहेका आरोपितलाई चैत २७ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लुहामका इञ्चार्ज लक्ष्मण डाँगीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा चैत ५ गते गरिएको थियो ।