INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उमनपा-११ देबीनगरका ३० वर्षीय पूर्णबहादुर छन्त्याललाई चैत २७ गते जिल्ला अदालत रूपन्देहीले बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिबापत जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले यस्तो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७३ चैत १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन नै गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ चैत १८ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भएको थियो ।

अन्य

भिडियो