१२ वर्षीया बालिकालाई बलात्कार गरेको भनी पीडित पक्षले गरेको मौखिक उजुरीका आधारमा प्रहरीले ५८ वर्षीय हजुरबुवालाई चैत १९ गते गिरफ्तार गरेको छ ।
पीडितका आफन्तले दिएको लिखित उजुरी भने चैत २० गते मात्रै दर्ता गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिसपी बामदेव गौतमले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २० गते नै जिल्ला अस्पतालमा गरिएको छ ।
पीडित बालिकालाई आरोपितले गत पुसदेखि पटकपटक बलात्कार गरेको र सो विषयमा अरूलाई भने मार्ने धम्की दिएकाले लामो समयसम्म घटना गुपचुप राखिएको पीडित पक्षको भनाई छ ।