१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनालाई गाउँलेहरूले गाउँमै मिलाउन खोजेको भएपनि आफन्त र केही स्थानीयहरूको दबावमा प्रहरीमा चैत १६ गते उजुरी दिएपछि अहिले घटनामा संलग्न आरोपितलाई चैत १६ गते गिरफ्तार गरी प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
पीडित बालिकालाई गत फागुन २६ गते जुनिचाँदे गाउँपालिका-२ का २७ वर्षीय ईन्द्रबहादुर गिरीले बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको हो ।
बलात्कार जस्तो जघन्य अपराधको घटनालाई गाउँलेले मिलाउन खोजेकामा आफन्त र केही स्थानीयबासीहरूले आपत्ति जनाएपछि घटना प्रहरीसम्म पुगेको हो ।
आरोपितलाई चैत १६ गते गिरफ्तार गरेको भएपनि जिल्ला सदरमुकाममा चैत २० गते पुर्याएको प्रहरीले जनाएको छ ।