INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१८ गिठेपानीका १८ वर्षीय विशाल बुढालाई चैत १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको थियो ।

आरोपित बुढालाई गिरफ्तार गरिएको र उनीसँगै रहेका नाम नखुलेका अर्का एकजना युवक फरार रहेको प्रहरीले बतायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा चैत १६ गते भएको छ ।

अन्य

भिडियो