४४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ४२ वर्षीय बिरबहादुर तामाङविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको उजुरी चैत १७ गते दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले चैत १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत १६ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत १६ गते अनुसन्धानका लागि गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १६ गते जिल्ला अस्पतालमा गरिएको छ ।