INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १६ गते फालेलुङ गाउँपालिका-६ का ३० वर्षीय कमल गुरूङलाई गिरफ्तार गरेको छ । आरोपित सोही वडाका निर्वाचित वडा सदस्य हुन् ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकै दिन आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए ।

पीडित महिलालाई आरोपितले गत मङ्सिर ३ गते बलात्कार गरेको आरोपमा कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १६ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ । उनको पेटमा चार महिनाको बच्चासमेत रहेको अस्पतालले जनाएको छ । कानुनतः १८ हप्तासम्मको बच्चा गर्भपतन गर्न सकिने व्यवस्था छ । ‘जबरजस्ती करणीबाट रहेको बच्चा’ गर्भपतन गर्ने/नगर्ने पीडितकै निर्णयमा भर पर्ने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो