INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भएपनि कसैलाई नभनेको र पीडित बालिका बिरामी भएपछि सो घटनाको बारेमा खुलेको इलाका प्रहरी कार्यालय, ठाडाका इन्स्पेक्टर कमल परियारले बताए । घटनाको जानकारी पाएपछि पीडितका परिवारले चैत १३ गते प्रहरीमा उजुरी दिएको इन्स्पेक्टर परियारले जानकारी दिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते नै जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको छ ।

अन्य

भिडियो