INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितविरुद्ध पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय यदुकुहामा उजुरी दिएको छ ।

पीडित बालिकालाई सहिदनगर नगरपालिका-८ का ३० वर्षीय मनोजकुमार नरसरिया यादव र ३२ वर्षीय दिपेश विराजी यादवले चैत १४ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १५ गते जनकपुर अञ्चल अस्पतालमा गरिएको इलाका प्रहरी कार्यालय यदुकुहाका असई विनयकुमार मिश्रले बताए ।

घटनामा संलग्न आरोपित दुवै जना चैत १४ गते रातिदेखि नै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो