INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको आरोपमा गिरफ्तार

१० वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय दुई जना बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका बाबुले चैत १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा दुई बालकलाई उजुरी परेकै दिन गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिका बलात्कृत भएको परिवारजनले चैत १२ गते थाहा पाएपछि उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरेका छन् ।

संवेदनशील विषय भएकाले गहन अनुसन्धान पछि मात्रै रिपोर्ट निकाल्न सकिने भरतपुर अस्पतालका चिकित्सकको भनाइ छ ।

अन्य

भिडियो