१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १३ गते प्रहरी चौकी नवमीडाँडामा कार्यरत असई बलबहादुर ठटाललाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई गत पुस महिनामा आरोपितले बलात्कार गरेको भनी प्रहरीमा उजुरी प्राप्त भएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।