१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा-१२ का ३० वर्षीय थमबहादुर बुढाथोकीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पीडितलाई आरोपितले चैत १० गते बलात्कार गरेको आरोपमा प्रहरीमा चैत १२ गते उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भेरी अञ्चल अस्पताल नेपालगञ्जमा चैत १२ गते गरिएको छ ।