१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नगरपालिका-३ झबराहाका ५५ वर्षीय सीताराम पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी डा.गणेश रेग्मीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा गरिएको छ ।