३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जना आरोपितलाई चैत ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते बलात्कार प्रयास गरेको भन्दै उजुरी दिए पछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
भारतीय नागरिकसँग विवाह गरेकी महिलाले आफ्नो नागरिकता प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालयमा धाइरहेकी थिइन् ।
जानकी गाँउपालिका-६ का एक जना र नेपालगञ्ज उमनपा-७ का एक जनाले नागरिकता बनाइदिने भन्दै ५० हजार रुपियाँ माग गरेको र महिलाले रुपियाँ दिन नसक्ने बताएपछि आफूहरूसँग यौन सम्बन्ध राख्न प्रस्ताव गर्दै बलात्कार प्रयास गरेको जाहेरी उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आरोपितहरूको नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ ।